वीरअस्पतालमा ७ सय कर्मचारीको २ महिनादेखि तलब ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ४

काठमाडौं – वीरअस्पतालमा कार्यरत करिब ७ सय भन्दा बढी करारका कर्मचारीले दुई महिनादेखि तलब नपाएको कुरा बाहिर आएको छ ।

देशकै ठुलो र पुरानो वीर अस्पताल तथा स्नाकोत्तर र सो भन्दा माथिको अध्ययन अध्यापन हुने वीर अस्पताल दैनिक २०००—२५०० सय सम्म बिरामी आउने अस्पतालमा झन्डै १४०० हाराहारीमा कर्मचारी छन् जसमा प्रतिष्ठान सेवाका कर्मचारी ७०० रहेका छन् भने स्वास्थ्य तथा निजामति सेवाका गरी काजमा ७०० हाराहारी मै कर्मचारी छन् । ती कर्मचारीहरुले २ महिनादेखि तलव पाएका छैनन् भने बिगत ८ महिनादेखि सेवा बिस्तार भत्ता र शैक्षिक भत्ता, कोभिड भत्ता, जोखिम भत्तासमेत नपाएको जनाइएको छ ।

हाल निर्देशक पद रिक्त छ भने भएका पदाधिकारीले तलव खुवाउने कुनै पहलै गरेका छैनन् । भर्खरैमात्र अस्पतालले निमित्त निर्देशकको जिम्मेवारी डा. शान्ता सापकोटालाई दिएको छ । तर पनि कर्मचारी भने निमित्त नभई निर्देशककै नियुक्तिको पक्षमा रहेको जनाएका छन् ।

कर्मचारीहरू भने योग्य, अस्पताल भित्रै काम गरेको, अस्पताललाई बुझेको र मन्त्रालयसँग समन्वय गरी अनुदान ल्याउन सक्ने अस्पतालको सेवा सुविधा बढाउन सक्ने, बिग्रिएको उपकरण मर्मत गरी सन्चालन गर्ने सक्ने चिकित्सकलाई निर्देशक नियुक्तिको लागी उपकुलपति र स्वास्थ्यमन्त्रीलाई अनुरोध गरिरहेका छन् ।

कर्मचारीहरुले अस्पतालको निर्देशकका लागि डा. भुपेन्द्र बस्नेत, डा दिपेन्द्र श्रेष्ठ र डा रमिला श्रेष्ठमध्ये कोही हुनुपर्ने जिकिर राखेका छन् । कर्मचारीका अनुसार अब नियुक्ति हुने निर्देशकले अस्पतालको आम्दानी बढाउन सेवा सुधार तथा बिस्तार, बिग्रिएको उपकरण मर्मत, नयाँ सर्जिकल भवन सञ्चालन गर्ने दायित्वबहन पूरा गर्नुपर्ने कर्मचारीको माग रहेको छ ।

यसैबीच निर्देशक डा. केदार सेञ्चुरीको पदावधि सकिएकोले उपकुलपति डा. डीएन साहले अस्पतालकी बरिष्ठ डाक्टर शान्ता सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *