
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का निवर्तमान पदाधिकारीलाई जिम्मेवारी तोकिएको छ । लुम्बिनी प्रदेशको जिम्मेवारी पाएका केशव रावलले भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी नलिने घोषणा गरेका छन् ।
पुस २१ गतेबाट सुरु भएर २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार पूर्व विद्यार्थी नेताहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको हो ।
माघ १५ गते बसेको पदाधिकारी बैठकले उनीहरूलाई जिम्मेवारी दिएको निर्णय परिपत्रमार्फत जानकारी गराएको छ । जीपी मैनाली बागमती प्रदेश, तुकमान महरा लुम्बिनी प्रदेश, मिलन एमसी लुम्बिनी प्रदेश, लक्ष्मीप्रसाद जोशी सुदूरपश्चिम प्रदेश, नरेश रेग्मी नीति विभागको प्रतिनिधि तोकिएका छन् ।
यस्तै प्रविणा अधिकारी गण्डकी प्रदेश, गजेन्द्रप्रसाद देव मधेस प्रदेश, मदन भुल सुदूरपश्चिम प्रदेश, मदन भट्टराई कोशी प्रदेश र सूर्यनारायण साह मधेस प्रदेशका प्रतिनिधि तोकिएका छन् । यसैगरी पवन कार्की बागमती प्रदेश, क्षितिज सापकोटा बागमती प्रदेश, नारायण खनाल नीति विभाग, अम्मराज शाही कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको जिम्मेवारी अच्युत भट्टले पाएका छन् ।
अध्यक्ष प्रचण्डसहित कार्यदलका नेताहरूसँग आफू लुम्बिनी प्रदेश समितिमा रहेकाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी नलिने बताएका थिए । तर आफ्नो आग्रह विपरित जिम्मेवारी दिएकोमा उक्त पदमा नबस्ने घोषणा गरेका हुन् । यस्तै निवर्तमान महासचिव दिपेश पुनले लुम्बिनी प्रदेशको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् ।
अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षका दाबेदार रहेका उनीहरू पुस १३ गते उमेर हदसम्बन्धी भएको मतदानमा ३२ वर्ष उमेर पक्षधर विजयी भएपछि बाहिरिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया