काठमाडौं : भारत र चीनका सैनिक कमान्डरबीच आज फेरि वार्ता हुने भएको छ । यसअघि नोभेम्बर ६ मा वार्ता भएको थियो । झन्डै साढे २ महिनापछि आज फेरि दुई पक्षबीच वार्ता हुन लागेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो बैठक दुई देशको सीमा लद्दाखको एलएसीमा जारी विवाद समाधानका लागि गर्न लागिएको हो । जहाँ गत मेदेखि दुवै देशका हजारौं सैनिक आमनेसामने छन् ।
यो बैठक भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच हुनेछ । बैठक एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुनेछ ।
भारतले चीनलाई पठाएको पत्रको जवाफपछि द्धिपक्षीय बैठक हुन लागेको बताइएको छ । अहिले सीमाका दुवैतर्फ ५०–५० हजार सैनिक तैनाथ छन् । हालै भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएका २ चिनियाँ सैनिकलाई फिर्ता गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया