केपी शर्मा ओली र माधव नेपालले गरे टेलिफोन वार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १९

१९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार दिउँसो टेलिफोन वार्ता भएको छ ।

स्रोतको अनुसार यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको जनाइएको छ। शुक्रबार बोलाइएको केन्द्रीय कमिटीको बैठक रोक्न नेता नेपालले ओलीलाई आग्रह गरेका भएतापनि ओलीले भने उनलाई बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।

माधव नेपाल समूहले अध्यक्ष ओलीले शनिबार पनि बोलाएको बैठक अवैध भएको भन्दै सहभागी नहुने अडानमा छ। दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । त्यहाँ नेताहरुबीच संवाद भएपछि उपमहासचिव घनश्याम भुसाल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । भुसालले माधव नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन संवाद गराएका एक नेताले बताए ।

ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि भुसाल समिट होटल फर्किएका छन् । ‘घनश्याम भुसाल कोटेश्वर पुगेपछि दुई नेता बीच टेलिफोनमा कुराकानी भएको छ । त्यसपछि उहाँ (भुसाल) फर्कदै हुनुहुन्छ । फेरि पनि हामी छलफलमा बस्छौं’, समिट होटलमा रहेका एक नेताले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *