
काठमाण्डौँ । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी दिएका छन् ।
आफूहरुले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ता बस्ने गरी माग गरेको तर वार्तामा कर्मचारीको नेतृत्वमा उपस्थित भएकाले आफूहरूले छलफल नै अगाडि नबढाएको मेहेताले बताएका छन् ।
आजको बैठकमा गृहमन्त्रालयका तर्फबाट प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो । तर आन्दोलनरत पक्षले कर्मचारी नभइ राजनीतिक संयन्त्रसँगमात्रै वार्ता गर्ने अडान राखेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया