नेपाल धितोपत्र बोडले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २

साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो ।

बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सिफारिस समितिले ‘सर्टलिष्ट’मा राखेको हो । सर्टलिष्टमा परेकाहरूले सिफारिस समितिसामू आइतबार प्रस्तुती दिएका थिए । 

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएपछि गत भदौ १६ निलम्बनमा परेका थिए । त्यसपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थ अध्यक्ष छनोट सिफारिस समितिले प्रकृया अघि बढाएको थियो । 

तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले राजनीतिक प्रभावमा अध्यक्ष नियुक्ति प्रकृयालाई विवादित बनाएपछि दुईपटक आवेदन मागिएको थियो । दोस्रोपटक आवेदन माग्दा पनि योग्यता र मापदण्डका प्रावधान हेरफेरि गरिएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *