काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो खोज तथा उद्धार विवरणअनुसार अहिलेसम्म उक्त संख्यामा शव फेला परेको हो।
प्रहरीका अनुसार शनिबार बिहान ५ बजेसम्म संकलन गरिएको तथ्यांकमा ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुषको शव फेला परेको छ। त्यस्तै, बाढीका कारण आंशिक अंग मात्र फेला परेका ५०१ जनाको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्रहरीको पछिल्लो विवरणअनुसार ४ हजार ८९८ जना बेपत्ता रहेका छन्।
उद्धार अभियानलाई तीव्रता दिँदै सुरक्षाकर्मीले हालसम्म ८ हजार ६३१ जना बाढी प्रभावितको उद्धार गरिसकेका छन्। बाढीमा परी २५ जना प्रहरीसमेत सम्पर्कविहीन रहेको र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएको प्रहरीले जनाएको छ।
खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायसहित ७ हजार ९१२ जनालाई परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्