ललितपुरमा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

काठमाडौँ : गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ललितपुरमा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ। शनिबार दिउँसो साढे ३ बजेसम्म १८ जनाको मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसार, जिल्लाका विभिन्न स्थानबाट १५ जना बेपत्ता भइरहेका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको उनले बताए। डुंगालगायतका विभिन्न सामाग्रीसहित लगभग ११ सय प्रहरीको टोली लतिपुरमा खटिएको उनले बताएका छन्। त्यस्तै, ४ सय ८१ जनाको विभिनन ठाउँबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *