|
२०८३ भाद्र १३
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नेपाल प्रहरीका २७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीमा परेका प्रहरीमध्ये बेत्रावती प्रहरी चौकीमा कार्यरत असई रामकाजी पौडेलको शव फेला परेको छ। शवको पहिचान भएपछि आफन्तले बुझिसकेका छन्।
बेपत्ता हुनेमा जवानदेखि सई दर्जासम्मका प्रहरी कर्मचारी रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म अन्यको अवस्था पत्ता लाग्न सकेको छैन।
नेपाल प्रहरीले बाढीमा बेपत्ता भएका २७ प्रहरीको नामावली सार्वजनिक गर्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्