रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ६१६ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म ६ सय १६ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार शनिबार बिहान ६ बजेसम्म बाढी प्रभावित क्षेत्र तथा आसपासका जिल्लाबाट ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २ सय ३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १ सय ५८ र नवलपरासी पश्चिममा ४७ जना रहेका छन्।

बाढीका कारण जोखिममा परेका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सार्ने कामलाई पनि निरन्तरता दिएको जनाएको छ। स्थानीयवासी तथा विभिन्न सरकारी निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।

त्यस्तै, बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत विभिन्न स्थानमा जारी रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *