भोटेकोशी बाढीमा ९८७ जनाको शव फेला, २७९ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा बेपत्ता भएकामध्ये ९८७ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ।

बाढीमा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, २७९ जना घाइते भएका छन्। हालसम्म विपद् प्रभावित क्षेत्रबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *