उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरै बोटलिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन राजधानीबाहिरै एलपी ग्यास सिलिन्डर बोटलिङ गरेर पठाउन थालिएको छ।

चितवन, वीरगञ्ज, हेटौँडा, नवलपरासीलगायतका उद्योगबाट विभिन्न कम्पनीका सिलिन्डर भरेर काठमाडौं पठाइएको हो। नेपाल आयल निगमको अनुमतिमा १६ उद्योगले यस्तो व्यवस्था मिलाएका छन्।

उद्योगीहरूले भारतबाट ग्यास आयात नियमित रहेकाले तत्काल अभाव नहुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *