|
२०८३ श्रावण १६
काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध भइरहे पनि कतै ग्यास नपाए तत्काल निगमको हटलाइनमा जानकारी गराउन उपभोक्तालाई अनुरोध गरेको छ।
निगमले कार्यालय समयभित्र ०१–५९७१९०२ नम्बरमा सम्पर्क गरी ग्यास नपाएको जानकारी दिन आग्रह गरेको छ। साथै, काठमाडौं उपत्यकामा आपूर्ति थप सहज बनाउन टेकुस्थित कार्यालयबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न उद्योगमार्फत सिधै ग्यास बिक्री–वितरणको व्यवस्था गरिएको जनाएको छ।
निगमका अनुसार नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास टेकुबाट उपलब्ध हुनेछ। उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि निगमले आग्रह गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्