ग्यास अभाव न्यूनीकरणका लागि ढुवानी र वितरणमा कडाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २८

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको अव्यवस्था हटाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने पहल थालेको छ। पछिल्ला दिनमा उपभोक्ताले ग्यास नपाएर सास्ती भोग्नुपरेपछि विभाग सक्रिय भएको हो।

विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापन सुधार्न निर्देशन दिएको छ भने ग्यास बोटलिङ उद्योगलाई पूर्ण क्षमतामा उत्पादन बढाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका उद्योगहरूको अनुगमन गर्दै मागअनुसार उत्पादन र वितरण गर्न भनिएको छ।

डिलर, रिटेलर तथा सप्लायर्सलाई उपभोक्ताको मागको अभिलेख राखी अनावश्यक सञ्चय नगरी समन्यायिक वितरण गर्न निर्देशन दिइएको छ। साथै उपभोक्तालाई आवश्यक परिमाण मात्र खरिद गर्न आग्रह गरिएको छ।

विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण र आपूर्ति श्रृंखलाको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *