काठमाडौं : जेनजी प्रदर्शनकारीको आन्दोलनको पछिल्लो प्रभाव खाना पकाउने एलपी ग्यास आपूर्तिमा देखिएको छ ।
बिहीबारदेखि भने बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेको उपभोक्ताहरूले गुनासो गरेका छन् । पसलमा ग्यास लिन जाँदा ‘ग्यास आएको छैन, दुई–चार दिन लाग्छ’ भन्दै पसलेहरूले ग्राहकलाई फिर्ता पठाइरहेका छन् ।
हाल देशभरि फैलिएको जेनजी आन्दोलनले भन्सार कार्यालयहरूमा तोडफोड र आगजनी गरेपछि भारतबाट हुने ग्यास आयात ठप्प जस्तै भएको एलपी ग्यास उद्योग संघले जनाएको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार तीन दिनयता भारतबाट एउटा पनि ग्यास बुलेट नेपाल भित्रिन नसकेका कारण बजारमा ग्यास अभाव हुन थालेको हो ।
अध्यक्ष घिमिरेले आन्दोलनका कारण भन्सार कार्यालयमा भएको क्षतिले नियमित आयात प्रक्रियामा गम्भीर अवरोध पुगेको जानकारी दिए । यसका साथै नेपालमा ग्यास बोक्ने पर्याप्त बुलेट नहुँदा भारतीय बुलेटमाथिको निर्भरता र अहिलेको अवस्थामा भारतीय चालकहरू नेपाल आउन हिच्किचाएका कारण यसले समस्या थपिएको उनले बताए ।
उनले भने, ‘अहिले हामीसँग भएको खाना पकाउने ग्यास धेरैमा ५ दिनलाई पुग्छ । माग धेरै भयो भने १/२ दिनमा नै ग्यास सकिने छ । हामीले सेनालाई भारतबाट ग्यास ल्याउने गाडीलाई सहजीकरण गरिदिनु भनेर पत्र लेखेका छौँ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Jack4071
September 11, 2025https://shorturl.fm/9jhm3