|
२०८३ श्रावण १६
काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको जनाएको छ। उपभोक्ताबाट ग्यास अभावसम्बन्धी गुनासो आएपछि काठमाडौं उपत्यकामा आपूर्ति थप सहज बनाउन टेकुस्थित निगमको कार्यालयबाट पनि ग्यास बिक्री–वितरण सुरु गरिएको हो।
निगमका अनुसार आजदेखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म टेकुबाट विभिन्न उद्योगका एलपी ग्यास सिलिन्डर उपलब्ध गराइनेछ। नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण गरिने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्