|
२०८३ श्रावण ३१
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकीका धेरै स्थानसहित लुम्बिनी, कर्णाली तथा कोशीका केही क्षेत्रमा वर्षा भइरहेको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा धेरै स्थानमा वर्षा हुनसक्नेछ। कोशी र बागमतीका पहाडी क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्