|
२०८३ श्रावण १८
काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले सोमबार अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ भने सुदूरपश्चिमका एक–दुई स्थानमा पनि हल्का वर्षा जारी छ। पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, बागमती, गण्डकी र मधेससहित तराईका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। रातिको समयमा पनि देशभर बदली कायम रहने र वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्