मनसुनी गतिविधि बढ्दै, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले शनिबार अधिकांश भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ। केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। यस्तै, राति पनि हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना छ।

तराईका कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णालीका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *