|
२०८३ श्रावण २८
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
तराईका केही क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सडक तथा हवाई यात्रासहित दैनिक कामकाजमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्