कफ्र्युका कारण जयनगर–भंगहा रेल सेवा रोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कफ्र्यु आदेशपछि जयनगर–जनकपुर–भंगहा रेलमार्गमा सञ्चालन हुँदै आएको रेल सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। कम्पनीका अनुसार कफ्र्यु कायम रहेसम्म रेल सञ्चालन सम्भव नहुने भएकाले उक्त निर्णय गरिएको हो।

रेल सेवा बन्द हुँदा यात्रुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ। निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा अवस्था सामान्य भएसँगै सेवा पुनः सञ्चालन गरिने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *