|
२०८३ श्रावण १५
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस तहको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
त्रिविले जनाएअनुसार जनकपुर, मलंगवा, लालबन्दी, सिरहा, लहान, राजविराज, सप्तरी, चन्द्रनिगाहपुर, गौर, सिमरा र वीरगञ्जका विभिन्न परीक्षा केन्द्रमा हुने परीक्षा तत्कालका लागि रोकिएको हो।
स्थगित गरिएका केन्द्रबाहेक देशका अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित समयतालिकाअनुसार परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ।
त्रिविका सहायक डिन डा. भरत राईद्वारा जारी सूचनामा स्थगित परीक्षाको नयाँ मिति चाँडै सार्वजनिक गरिने उल्लेख गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्