|
२०८३ श्रावण १५
काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको अभियानका क्रममा लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, मोरङ, सुर्खेत, बर्दिया, कैलाली, झापा, दाङ र डडेलधुराबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेकाहरूबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, ट्रामाडोल ट्याब्लेट, ३५ किलोग्राम चरेस तथा नगदसमेत बरामद गरेको जनाएको छ। सबैभन्दा धेरै आठ जना बर्दियाबाट पक्राउ परेका छन् भने काठमाडौं, मोरङ, कैलाली, झापा, दाङ र डडेलधुराबाट पनि विभिन्न परिमाणको लागुऔषधसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्