|
२०८३ श्रावण १५
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम उठाउन लागेको हो। यसका लागि शुक्रबार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको रकमको सीमासम्म बोलकबोल गर्न सक्नेछन्।
६१ दिन अवधिको यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज १४ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्