बिदामा पनि खुला रहने कञ्चनपुर प्रशासन, अत्यावश्यक सेवा निरन्तर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अब सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक सेवा उपलब्ध गराउने निर्णय गरेको छ।

कार्यालयका अनुसार नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू बिदाकै दिन पनि सञ्चालन गरिनेछ।

बुद्ध जयन्ती, गणतन्त्र दिवस, दशैं, क्रिसमस लगायतका विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि सेवा जारी रहनेछ। साथै ईद र बकर ईदका अवसरमा समेत सेवा प्रवाह हुने जनाइएको छ।

सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *