|
२०८३ श्रावण १५
इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा भएको मिथेन ग्यास विस्फोटमा परी कम्तीमा ३४ जना मजदुरको मृत्यु भएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार क्वेटानजिक बिहीबार भएको विस्फोटपछि खानीभित्र फसेका मजदुरको खोज तथा उद्धार कार्य जारी छ। उद्धार टोलीले हालसम्म ३४ जनाको शव बाहिर निकालेको जनाएको छ।
अधिकारीहरूका अनुसार विस्फोटपछि खानीमा ठूलो क्षति पुगेको थियो। घटनास्थलमा विभिन्न निकायको संयुक्त टोली परिचालन गरी उद्धार अभियान सञ्चालन भइरहेको छ।
बलुचिस्तानमा कमजोर सुरक्षा मापदण्ड, जोखिमपूर्ण कार्य वातावरण र आवश्यक पूर्वाधारको अभावका कारण खानी दुर्घटना पटक–पटक हुने गरेको बताइन्छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्