|
२०८३ श्रावण १५
धनुषा । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक पुरुषको हत्या भएको छ। हँसपुर नगरपालिका–३ मलहनिया निवासी करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गडेरी रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका थिए। घटनापछि प्रहरीले घटनास्थलको अध्ययन गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।
हत्या कसले र किन गर्यो भन्ने विषयमा थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्