ब्रोड पिक हिमपहिरो: बेपत्ता पर्वतारोहीमध्ये दुई जनाको शव भेटियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीमध्ये दुई जनाको शव फेला परेको छ। उद्धार टोलीले घटनास्थलबाट दुई शव भेटेको हाइकिङ एजेन्सी सेभेन समिट ट्रेक्सले जनाएको छ।

एजेन्सीका महाप्रबन्धक थानेश्वर गुरागाईंका अनुसार भेटिएका शवको पहिचान गर्ने प्रक्रिया भइरहेको छ। हिमपहिरोमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएका छन्।

बेपत्ताहरूको खोज तथा उद्धारका लागि पाकिस्तानी सेनाले हेलिकप्टर र आवश्यक उपकरणसहित टोली परिचालन गरेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन अन्य हिमाल क्षेत्रमा रहेका पर्वतारोहीलाई समेत खोज अभियानमा सहभागी गराइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *