|
असार २३, २०८३
मकवानपुर, असार २३ । नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारीस्वरूप मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार असार २४ देखि २८ गतेसम्म राहदानीसम्बन्धी सम्पूर्ण सेवा स्थगित रहनेछ। यस अवधिमा नयाँ प्रणाली जडान तथा प्राविधिक तयारीको काम गरिने जनाइएको छ।
प्रशासनले आवेदन अस्वीकृत भई पुनः प्रक्रिया गर्नुपर्ने तथा छापिएर आएका राहदानी लिन बाँकी सेवाग्राहीलाई निर्धारित समयभित्र सेवा लिन आग्रह गरेको छ। नयाँ प्रणालीमार्फत सेवा भने असार २९ गतेदेखि पुनः सञ्चालन हुनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्