सालिकमा क्षति पुर्‍याएको आरोपमा एक युवक नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

लमजुङ : भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ७ गते राति भएको घटनाको अनुसन्धानपछि २४ वर्षीय रोशन कुँवरलाई नियन्त्रणमा लिइएको हो। उनीमाथि आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सालिकमा भएको क्षतिबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *