|
२०८३ बैशाख ४
गुल्मीको सत्यवती गाउँपालिका–४ नदेवा क्षेत्रमा जबर्जस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। वैशाख १ गते साँझ ६२ वर्षीया महिलामाथि घटना भएको सूचनापछि प्रहरी परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको टोलीले २३ वर्षीय आशिष ज्ञवालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पीडितको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ भने जाहेरी दर्ता भइसकेको छ। आरोपितमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्