१६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १८

१८ चैत्र, कैलाली – कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।

पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।

साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *