१३ वर्षीया बालिकामाथि दुराचारको आरोपमा एक व्यक्ति पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

म्याग्दी, जेठ १८ — म्याग्दीमा एक १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार धवलागिरि गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको हो। पीडित बालिकाको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले सुनारलाई जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *