फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गर्ने युवक प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २६

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अरूको नाममा रकम असुल्ने आरोपमा नुवाकोटका विवेक सुनार पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिको फेसबुक अकाउन्टमा अनधिकृत पहुँच बनाएर उनीहरूका साथीभाइ र आफन्तसँग आर्थिक सहयोगको बहानामा रकम माग्दै ठगी गर्ने गरेका थिए।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोग गर्दा सुरक्षा उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *