|
२०८२ फाल्गुन १७
काठमाडौं । सामाजिक सञ्जाल (टिकटक) मा भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्ट छन् । भट्टले टिकटकमा ‘झापामा बालेन शाहमाथी गोली प्रहार’ भन्ने भ्रामक पोष्ट गरेका थिए ।
आरोपीलाई शुक्रबार काठमाडौं महानगरपालिका–५ स्थित डबली चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । आरोपी बिरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्