|
२०८३ श्रावण ६
काठमाडौं — अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा परिवर्तन गर्दै बसाइ अवधि र निगरानीसम्बन्धी नयाँ नियम ल्याएको छ।
नयाँ व्यवस्थाअनुसार एफ–१ र जे–१ भिसामा आउने विद्यार्थीलाई अधिकतम चार वर्षसम्मको बसाइ अनुमति दिइनेछ। अध्ययन पूरा भएपछि पाउने ग्रेस पिरियड पनि ६० दिनबाट घटाएर ३० दिन कायम गरिएको छ।
नियम परिवर्तनसँगै अध्ययन अवधि बढाउन, विषय परिवर्तन गर्न वा थप डिग्री लिन संघीय स्वीकृति आवश्यक पर्नेछ। अमेरिकी अधिकारीहरूले यसले भिसा दुरुपयोग नियन्त्रण गर्ने बताएका छन् भने शिक्षा क्षेत्रका संस्थाहरूले प्रक्रियागत जटिलता बढ्ने चिन्ता व्यक्त गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्