होर्मुजमा नयाँ शुल्क व्यवस्था, इरान–ओमान सहकार्यमा सेवा शुल्क लागू हुने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर नयाँ व्यवस्था अघि बढाइएको छ। इरानले ओमानसँगको सहकार्यमा जहाजहरूका लागि ‘सेवा शुल्क’ लिने तयारी गरेको जनाएको छ।

इरानी पक्षका अनुसार यो शुल्क प्रत्यक्ष टोल कर नभई नेभिगेसन, सुरक्षा, उद्धार तथा वातावरण संरक्षणजस्ता सेवाका लागि मात्र हुनेछ। इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले शुल्कलाई व्यावसायिक सेवा खर्चका रूपमा बुझ्नुपर्ने बताएका छन्।

यसैबीच, प्रस्तावित प्रणालीका कारण अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ। होर्मुज जलडमरूमध्य ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यहाँ हुने कुनै पनि परिवर्तनले विश्व बजारमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *