जापानले बढायो भिसा शुल्क, जुलाईदेखि नयाँ दर लागू

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौं, असार ६ — जापान सरकारले विदेशी नागरिकका लागि भिसा शुल्कमा ठूलो वृद्धि गर्ने निर्णय गरेको छ।

जुलाईदेखि एकल प्रवेश भिसाको शुल्क तीन हजार येनबाट बढाएर १५ हजार येन पुर्‍याइने भएको छ। बहु–प्रवेश भिसाको शुल्क पनि छ हजार येनबाट बढाएर ३० हजार येन बनाइने जनाइएको छ।

मुद्रास्फीति र येनको मूल्यमा आएको गिरावटका कारण सन् १९७८ पछि पहिलो पटक शुल्क समायोजन गरिएको जापानी सरकारले जनाएको छ। सरकारले यसले पर्यटन क्षेत्रमा तत्काल ठूलो असर नपर्ने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *