×

कोरोनाका कारण बन्द अनअराइभल भिसा खुल्यो, यस्ता छन् शर्तहरु

अशोज ७, २०७८ | दाक्सु मिडिया

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवार एक आदेश जारी गर्दै अन अराइभल भिसा पाउने देशका कोरोना विरुद्धको खोप लगाएका नागरिकले त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा पाउने जनाएको छ ।

यस्तै हवाई उडानको चेक इन हुनुभन्दा ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ । पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकले अनुमतिको प्रतिलिपि र होटल बुक गरेको प्रमाण पनि देखाउनुपर्नेछ ।

यस्तै नेपाल आउने नागरिकको विमास्थलमा एन्टिजेन परीक्षण हुने र पोजेटिभ देखिएमा आइसोलेशनमा जानुपर्नेछ । पीसीआर नेगेटिभ रिपोर्ट, विमानस्थलमा एन्टिजेन जाँचमा नेगेटिभ देखिएको र पूर्ण मात्रा खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

खोपको पूरा मात्रा नलगाएका पर्यटकको हकमा भने कम्तीमा १० दिन होटल क्वरेण्टीनमा यथावत् राखिएको छ ।

उनीहरूले ११ औँ दिनमा पीसीआर जाँच गर्ने र नेगेटिभ रिपोर्ट आएमा मात्रै घुम्ने गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: