|
२०८३ बैशाख ४
काठमाडौँमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै उपलब्ध गराउने व्यवस्था आजदेखि लागू गर्न निर्देशन दिएका छन्।
काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षणका क्रममा उनले ट्रायल पास गरी राजस्व तिरेपछि सेवाग्राहीले छिटो लाइसेन्स पाउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरे।
मन्त्री तिमिल्सिनाले लामो समयदेखि देखिँदै आएको लाइसेन्स अभावको समस्या अन्त्य हुने विश्वास व्यक्त गर्दै नागरिकलाई छिटो र प्रभावकारी सेवा दिन निर्देशन दिए।
केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ भने आगामी दिनमा अन्य सरकारी कागजात पनि छाप्ने योजना रहेको जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्