आगोको चपेटामा तीन जिल्ला, लाखौँको क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौं — महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनाबाट करिब सात लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

प्रहरीका अनुसार महोत्तरीको सोनमा गाउँपालिकामा गोठमा लागेको आगोबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। काभ्रेको बनेपामा विद्युत् सर्टका कारण भएको आगलागीले करिब दुई लाख ४० हजार रुपैयाँको नोक्सानी भएको छ।

यस्तै, सप्तरीको कञ्चनरूप नगरपालिकामा भएको आगलागीबाट दुई लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। तीनवटै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *