|
२०८३ श्रावण ६
नयाँ दिल्ली — भारतको सिक्किममा निर्माणाधीन सुरुङ भत्किँदा १२ जना मजदुरको मृत्यु भएको छ।
टिस्टा नदी जलविद्युत् आयोजनाका लागि बनिरहेको सुरुङमा मिथेन ग्यास विस्फोट भएपछि दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा फसेका थप १३ मजदुरको उद्धारका लागि खोजी अभियान जारी छ।
राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र सुरक्षाकर्मीको टोलीले उद्धार कार्य जारी राखेको छ। दुर्घटनाको कारणबारे छानबिन गर्न सिक्किम सरकारले विशेष टोली गठन गरेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्