नीट विवाद चर्कियो, दिल्लीमा विद्यार्थी आन्दोलन उग्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

नयाँ दिल्ली — भारतको नीट–युजी परीक्षामा देखिएको अनियमितताको विरोधमा विद्यार्थीहरूले राजधानी नयाँ दिल्लीमा प्रदर्शन तीव्र बनाएका छन्।

जन्तर मन्तरमा भएको प्रदर्शनका क्रममा विद्यार्थीहरूले शिक्षा मन्त्रीको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गरेका छन्। संसद् घेराउ गर्ने प्रयास गर्दा प्रहरीसँग झडप भएपछि केही प्रदर्शनकारी पक्राउ परेका छन्।

आन्दोलनका कारण संसद् बैठकसमेत प्रभावित भएको छ। विपक्षी दलहरूले सरकारमाथि दबाब बढाउँदै छानबिन र जवाफदेहिताको माग गरेका छन् भने सरकारले छलफलका लागि तयार रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *