प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गरेको छ।

प्रतिनिधिसभामा एमाले सांसद गणेश ठगुन्नाले उक्त अभिव्यक्तिले राष्ट्रिय हितमा असर पुगेको भन्दै सरकारसँग तत्काल कदम चाल्न आग्रह गरे।

एमालेले प्रधानमन्त्रीले सदनमै स्पष्टीकरणसहित माफी माग्नुपर्ने अडान दोहोर्याउँदै माग पूरा नभएसम्म आफ्नो विरोध जारी रहने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *