|
२०८३ असार २
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको विवादास्पद भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गर्दै दबाब बढाएको छ। माग पूरा नभए आन्दोलनको शैली परिवर्तन गरिने चेतावनी पनि पार्टीले दिएको छ।
प्रतिनिधिसभा बैठकमा सांसद प्रमेश हमालले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर विषय स्पष्ट पार्नुपर्ने बताए। उनले विवादित शब्द हालसम्म अभिलेखबाट नहटाइएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।
नेकपासहित विपक्षी दलहरूले विरोध जनाउँदै आएका छन्। उनीहरूले छिटो निर्णय नभए थप कडा कदम चाल्न सकिने संकेत गरेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्