संसद्को नियम सबैका लागि समान हुनुपर्ने एमालेको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे पुनः आपत्ति जनाएको छ। एमाले सांसद यशोदाकुमारी बरालले उक्त अभिव्यक्ति अहिलेसम्म संसद्को अभिलेखबाट नहटाइएको र सभामुखबाट कुनै रुलिङ पनि नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले संसद्को नियम सबै पक्षका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई आफ्नो भनाइ सच्याउन सभामुखले आवश्यक निर्देशन दिनुपर्ने माग गरिन्। एमालेले सरकार संसद्को मर्यादा र नियमको पालना गर्न गम्भीर बन्नुपर्ने धारणा पनि राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *