|
२०८३ असार ६
काठमाडौं, असार ६ — निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मत कार्यका कारण देशका विभिन्न राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।
सडक विभागका अनुसार कोशी प्रदेशका भोजपुर, पाँचथर र इलामका केही सडक खण्डमा बाढीका कारण सवारी आवागमन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। यस्तै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशअन्तर्गत बीपी राजमार्गको केही भागमा सवारी सञ्चालन रोकिएको छ।
त्यसैगरी मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड मर्मतका लागि अस्थायी रूपमा बन्द गरिएको छ। सम्बन्धित निकायले यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ जान आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्