कान्ति राजमार्गमा दुई महिनाको आवागमन रोकिँदै, आजदेखि मर्मत–विस्तार कार्य सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

काठमाडौँ – आवश्यक मर्मत तथा विस्तार कार्यका कारण कान्ति राजमार्ग आजदेखि आगामी दुई महिनासम्म आंशिकरूपमै बन्द रहिने भएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयका अनुसार राजमार्गका विभिन्न खण्डमा हुने सडक विस्तारका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

कान्ति राजमार्ग सडक आयोजनाले पूर्ण रूपमा सवारी रोक्दै मर्मत, सुधार र विस्तारका काम तीव्र गतिमा अघि बढाइने जनाएको छ। सो अवधिमा राजमार्ग प्रयोग गर्दै आएका सबै प्रकारका सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

ललितपुर प्रशासनका अनुसार निर्दिष्ट समयावधिमा कान्ति राजमार्ग भएर साधन चल्न नपाउने भएकाले यात्रु तथा चालकहरूलाई पूर्वतयारीसहित यात्रा योजना बनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *