बाढीको असर : घान्द्रुक जाने सडक ठप्प, जलविद्युत् उत्पादन पनि रोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

पर्वत— मोदीखोलामा आएको बाढीले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएपछि प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुकको यातायात सेवा प्रभावित भएको छ।

सेउलीबजार नजिक सडक कटान हुँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। बाढीले एक घर र रेष्टुरेन्ट बगाएको छ भने अर्को रेष्टुरेन्टमा पनि क्षति पुगेको छ। यद्यपि घटनामा मानवीय क्षति भने भएको छैन।

सडक बन्द हुँदा पर्यटक र यात्रुहरू समस्यामा परेका छन्। उता, मोदीखोलामा पानीको बहाव अत्यधिक बढेपछि चार जलविद्युत् आयोजनाले करिब ७४ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरेका छन्।

प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि सुरक्षा टोली परिचालन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *