|
२०८२ चैत्र ७
रुकुम पूर्व : रुकुम पूर्वमा निरन्तर भइरहेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ। सडक बन्द हुँदा काठमाडौँबाट छुटेका रात्रिबससहित विभिन्न सवारीसाधन बीचमै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ७ बस, १ जिप र ५ मोटरसाइकलसहित २५० भन्दा बढी यात्रु अलपत्र परेका छन्। लगातार वर्षा र हिमपातले सडक खुलाउन कठिनाइ भइरहेको छ भने उक्त क्षेत्रमा फोन सेवा समेत अवरुद्ध हुँदा उद्धार कार्यमा चुनौती थपिएको छ।
प्रहरीले स्थानीय तहसँग समन्वय गरी यात्रु उद्धारको प्रयास भइरहेको जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्